गोरखा, १९ साउन । गोरखामा प्रथम जिल्ला स्तरीय मेयर कप कराँते प्रतियोगीता हुने भएको छ । जिल्लामा कराँतेको बिकास र खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले कराँते प्रतियोगीता गर्ने लागेको कराँते महासघं गोरखाका उपाध्यक्ष अमृत श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगीतामा गोरखाका ११ वटै स्थानीय तहका खेलाडीहरुको सहभागीता रहने उहाँले बताउनुभएको छ । प्रतियोगितामा पुरुषमा आठ महिला तर्फ ५ र महिला ,पुरुष दुबै तर्फ एकल काता गरी १५ स्पर्धामा प्रतिस्पर्धा हुने उपाध्यक्ष श्रेष्ठल जानकारी दिनुभएको छ ।
१ दिने प्रतियोगिताका खेलहरु सिटोलीयो खेलस्थित डोजोमै हुनेछ । कराँते प्रतियोगीतामा महिला र पुरुष गरी ८० खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगीता भदौँ २२ गते हुने छ ।
प्रतियोगीतामा कराँते महासघं गोरखाका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता र गोरखा नगरपालिकाका अध्यक्ष कृष्ण राना मगरको प्रमुख आतिथ्यमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।