Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

कोरोना भाइरस रोकथाम र न्युनीकरण गर्न शहिदलखन गाउँपालिकाले गर्यो ९ निर्णय


3.6K
Shares

कोरोना भाइरस रोकथाम र न्युनीकरण गर्न शहिदलखन गाउँपालिकाले गर्यो ९ निर्णय

 

गोरखा २०, चैत । गोरखाको शहिद लखन गाउँपालिकाले बिश्वभर फैलदै गएको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्न लागि आबश्यक पर्ने थप स्वास्थ्य सुरक्षा सामाग्री खरिद गर्ने भएको छ । गाउँपालिकाको कोराना भाइरस बिरुद्धको प्रतिकार्य समन्यव समितिको बुधबार बसेको बैठकले स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, बिरामीहरुको स्वास्थ्य सुरक्षाका लागि आबश्यक पर्ने थप सामाग्री खरिद गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।

‘गाउँपालिकाको बिपद् व्यवस्थापन समितिको कोषका लागि बिनियोजित २५ लाख रुपैया र स्वस्थ्य तर्फको माहामारी रोकथाम तथा नियन्त्रणका लागि बिनियोजित १ लाख रुपैया बजेटबाट सामाग्री तत्काल खरिद गर्ने निर्णय गरिएको छ ।’ उहाँले भन्नुभयो । गाउँपालिकाले स्वास्थ्यकर्मीहरुका लागि आबश्यक पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई), एन९५ मास्क, गमबुट, फोरहेट थर्ममिटर, गगल्स, पन्जा, स्यानिटाइजर खरिद गर्न लागेको अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।

त्यस्तै अन्य अत्याबश्यक ब्लिचिङ्ग पाउडर, सर्जिकल मास्क, धारा सहितको वाल्टि, जग, ह्याण्ड वास लगायतका सामाग्री पनि खरिद गर्ने बैठकले निर्णय गरेको उहाँले बताउनुभयो । बैठकले गाउँपालिका भित्र बिदेशबाट फर्किएका व्यक्तिहरु तथा कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिहरुलाई खानेबस्ने सुबिधा सहित वडा कार्यालय, स्थानीय टोलबिकास संस्था, क्लब लगायतको निगरानीमा क्वारेन्टाइनमा राख्ने निर्णय पनि गरेको छ ।

त्यस्ता व्यक्तिहरुका लागि छुट्टै शौचालयको व्यवस्था गर्ने निर्णय पनि समितिको बैठकले गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले वडा नम्बर २ को मनकामना स्थित मनकामना मा.वि, वडा नम्बर ६ को घैरुङमा रहेको हिमालय मा.वि, र वडा नम्बर ७ को शहिद स्मृती मा.वि बुङकोटमा ९÷९ जना तथा वडा नम्बर २ स्थित मनकामना बालज्वोती प्रा.विमा ३ जना क्षमताको क्वारेन्टाइन स्थल निर्माण गर्ने निर्णय गरेको छ । आबश्यक परेमा गाउँपालिका बिभिन्न वडामा १ सय ९५ बेडको क्वारेन्टाइन निर्माणका लागि समेत तयारी गरिएको वडाध्यक्ष थापामगरले जानकारी दिनुभयो ।

‘थप क्वारेन्टाइन स्थल निर्माण गर्नुपर्ने अबस्था भए पालिका भित्रका अन्य ६ वटा बिधालय छनोट गरिसकिएको छ, उहाँले भन्नुभयो, ‘ त्यस बाहेक अहिले क्वारेन्टाइन स्थापना गरिएका बिधालयमा पनि १५/१५ बेड थप गर्न सकिने गरि व्यवस्थापनको तयारी गरिएको छ ।’ गाउँपालिकाको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउनका लागि टोल बिकास संस्था, क्लबलाई संक्रिय बनाउने निर्णय समेत गरेको अध्यक्ष थापामगरले जानकारी दिनुभयो।

‘त्यस्ता संस्थाहरुले बिदेशबाट पछिल्ल्लो समय आएका व्यक्तिहरुको बिबरण, टोलभित्रका मानिसहरुको स्वास्थ्य अबस्थाको बारेमा जानकारी, क्वारेन्टाइनमा बसेकाहरुले नियम पालना गरेनगरेको नियमित जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ, उहाँले भन्नुभयो, ‘ टोलक्षेत्र भित्र कुनै समस्या भएमा, लकडाउन कार्यान्वयन नभएमा त्यसको प्रभावकारी कार्यान्वयनका लागि आबश्यक सहयोग तथा समन्वयको भूमिका पनि गर्ने गरि व्यवस्था मिलाइएको छ ।’

बैठकले गाउँपालिका भित्र सञ्चालनमा रहेका सवै एम्बुलेन्सलाई २४ सै घण्टा तयारी अबस्था राख्ने र चालकहरुको स्वास्थ्य सुरक्षाका निम्ती आवश्यक सवै सामाग्रीका साथै पालिका भित्रका अन्य स्वास्थ्यकर्मीहरुलाई सरह प्रोत्साहन रकम पनि उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष थापामगरले जानकारी दिनुभयो । त्यस्तै गाउँपालिका भित्र डलडाउनका अबधीमा दैनिक उपभोग्य सामाग्री, औषधी लगायतको अभाव हुन नदिन पालिका भित्र सञ्चालित स्वास्थ्यसंस्था, औषधी पसल, खाद्यान्य पसलहरुको दैनिक सञ्चालनको व्यवस्था मिलाई टोल, वडा र गाउँपालिका स्तरबाट अनुगमन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

उहाँले गाउँपालिका भित्र मौज्दातको अबस्था हेरी थप औषधी उपकरण तथा खाद्यान्य आयातका आबश्यक समन्वय र सहजीकरण गर्ने निर्णय समेत बैठकले गरेको अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology