Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाको एक स्वास्थ्य चौकीमा बृद्व पुरुष मृत्त फेला


1.8K
Shares

गोरखाको एक स्वास्थ्य चौकीमा बृद्व पुरुष मृत्त फेला

गोरखा, १८ साउन । पालुङटार नगरपालिकाको खोप्लाङमा रहेको स्वास्थ्य चौकी हाता भित्र १ जना बृद्व मृत्त फेला परेका छन् । मृत्तक ब्यत्ती पालुङटार नगरपालिका–१ कोलकाटे निवासी ७० बर्षिय खिलबहादुर भुजेल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सूचना अधिकारी श्रेष्ठका अनुसार खोप्लाङ स्वास्थ्य चौकीको झाँडीमा भुजेल मृत्त फेला परेका थिए । भुजेलको मृत्यु शंकास्पद नदेखिए पछी परिवारले शव बुझेको पनि हो ।

प्रहरीले घटना स्थल मुचुल्का समेत तयार पारी उनको शव परिवारको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ । घटनाका सम्वन्धामा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology