Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नेकपा एमाले गोरखाका जिल्ला इञ्चार्जमा रामशरण बस्नेत चयन


1.5K
Shares

नेकपा एमाले गोरखाका जिल्ला इञ्चार्जमा रामशरण बस्नेत चयन

गोरखा, १८ साउन । नेकपा एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेत सो पार्टीको गोरखा जिल्ला इञ्चार्ज भएका छन् । बिहिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बस्नेतलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको हो ।

उनी यसअघि लम्जुङ जिल्ला इञ्चार्ज थिए भने लीलाबहादुर थापा बाग्लुङ गोरखा जिल्ला इञ्चार्ज थिए । गोरखा जिल्ला कमिटी अध्यक्ष समेत भइसकेका बस्नेत यसअघि प्रदेशसभा सदस्य एवं भौतिक पूर्वाधार मन्त्री पनि थिए ।

त्यस्तै पार्टीले सम्झना देवकोटालाई गोरखा १ को इञ्चार्जको जिम्मेवारी दिएको छ । त्यस्तै सम्पर्क समन्वय समितिका सचिवको जिम्मेवारी आरसी लामिछानेलाई दिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।v

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology