Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

उत्तरी गोरखाको ५ स्थानमा फोरजी सेवा विस्तार


3.1K
Shares

उत्तरी गोरखाको ५ स्थानमा फोरजी सेवा विस्तार

गोरखा, १७ साउन । नेपाल टेलिकमले उत्तरी गोरखाको विभिन्न ५ स्थानमा फोरजी सेवा बिस्तारको तयारी पुरा गरेको छ । पर्यटकीय क्षेत्र समेत रहेको गमलाडाडाँ, स्योडाडाँ, ल्हो, सामागाउँ र साम्दोमा फोरजी सेवाको तयारी पुरा भएको टेलिकम गोरखाका प्रमुख सरोज अर्यालले जानकारी दिनुभयो ।

अहिले बिस्तार हुने लागेको उक्त क्षेत्रमा बिगतमा भिस्याट र टुजी प्रविधिबाट सञ्चालन हुने आएकोमा अपग्रेड गरेर फोरजी सेवामा बिस्तार गरिएको उहाँले बताउनुभयो । कार्यालय प्रमुख अर्यालका अनुसार निर्माणको सबै चरण पुरा भएकोले अब केही साता भित्रै केन्द्रबाट प्राविधिक सहितको टोली आएर सेवा बिस्तारको काम हुने छ । निर्माण सम्पन्न भएको पाङसिङको गमलाडाडाँको टावरबाट भने टुजी र फोरजी सेवा सञ्चालनमा आईसकेको छ ।

मनास्लु पद पर्ने उक्त क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक तथा स्थानिय जनताले समेत लामो समयसम्म भ्वाईस तथा डाँटा सञ्चालनमा समस्या भएको भन्ने गुनासोको आधारमा टेलिकमले उक्त क्षेत्रमा सेवा बिस्तार गर्न लागेको हो । सेवा बिस्तार संगै उक्त क्षेत्रमा आउजाउ गर्ने पर्यटक तथा स्थानियले फोन तथा ईन्टनेट प्रयोगमा गर्दा द्रुत गतिमा सेवा लिन सक्ने कार्यालय प्रमुख अर्यालले बताउनुभयो ।

चुमनुब्री गाउँपालिका भित्रका ति स्थानहरुमा भ्वाईस तथा डाँटा सेवा बिस्तार, क्षमता अभिबृद्वि तथा गुणस्तर सुधार गर्ने कार्ययोजना अनुरुप नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय बबरमहल काठमाडौंबाट काम भएको हो ।

सेवा बिस्तार भएसंगै साम्दोका होटल ब्यवसायी समेत उत्साहित भएका छन् । उत्तर पश्चिम क्षेत्रको अन्तिम गाउँको रुपमा रहेको साम्दोमा ४५ घर रहेकोमा ११ घरमा होटल सञ्चालन हुदै आएको छ ।

टेलिकमले सेवा बिस्तार गरेसंगै अब निजी सेवा प्रदायको भरमा मात्र पनुनपर्ने ब्यवसायी निमा दोर्जे लामाले बताउनुभयो । उहाँका अनुसार सिजनमा आउने स्वदेशी तथा विदेशी पर्यटकले फोन र ईन्टरनेट सेवा खोज्दा महंगोमा निजी कम्पनीको सेवा लिदै आएकोले अब त्यो समस्याबाट हटने छ ।

सामान्य तथा उत्तरी क्षेत्रमा चिसो बढन थालेपछी भने यस अघि बिस्तार भएको नेपाल टेलिकमको टुजी सेवा पूर्ण रुपमा अबरुद्व हुने गरेको थियो । उक्त क्षेत्रमा गएको आर्थिक बर्ष ०८०–०८१ मात्रै ९ हजार ७८२ जना बिदेशी पर्यटकले भ्रमण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology