Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा गएको १ बर्षमा १३ हजार भन्दा बढिले लिए राहदानी


3K
Shares

गोरखामा गएको १ बर्षमा १३ हजार भन्दा बढिले लिए राहदानी

गोरखा, १७ साउन । युवाहरु बिदेशीने क्रम बढेसंगै गोरखामा एकै बर्षमा १३ हजारभन्दा बढीले राहदानी निकालेका छन् । जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार आर्थिक बर्ष ०८०–०८१ मा १३ हजार १५८ जनाले पासपोर्ट लिएका छन् ।

राहदानी लिने अधिकांश ब्यत्ती वैदेशिक अध्ययन वा रोजगारीका लागि जाने गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो। राहदानी लिनेहरु मध्ये जिल्लामा सबैभन्दा धेरै पुरुषहरु रहेको उहाँले बताउनुभयो ।

कार्यालयले उक्त अवधीमा १२ हजार ८४२ ई–पासपोर्ट र ३१६ जनाले जारी भएको एमआरपी लिएको तथ्यांकमा उल्लेख गरेको छ । सोही अवधीमा कार्यालयले १२ हजार ४२९ थान ई–पासपोर्टको फारम संकलन गरेको थियो ।

कार्यालयको तथ्यांक अनुसार पहिलो चौमासिकमा ३ हजार ६३४, दोस्रो चौमासिकमा २ हजार ९२०, तेस्रो चौमासिकमा ३ हजार २५८ र चौथो चौमासिकमा ३ हजार ३० थान पासपोर्ट जारी गरेको थियो । जसमा ८ हजार १९३ जना पुरुष र ४ हजार ६४९ जना महिला रहेका थिए ।

सोही अवधीमा कार्यालयले पहिलो चौमासिकमा ३ हजार ५१०, दोस्रो चौमासिकमा ३ हजार ११८, तेस्रो चौमासिकमा २ हजार ८३९ र चौथो चौमासिकमा २ हजार ९६२ थान ई–पासपोर्टको फारम संकलन गरेको जनाएको छ । जसमा ७ हजार ४७९ जना पुरुष र ४ हजार ९५० जना महिला रहेका थिए ।

जारी एमआरपी मध्ये १३२ जना महिला र १८४ जना पुरुषको भएको पनि कार्यालयले जानकारी दिएको छ ।

ठुलो संख्यामा जारी भएको राहदानीले ठुलै मात्रामा राजश्व समेत संकलन गर्न सफल भएको छ । कार्यालयले गएको आर्थिक बर्षमा मात्रै राहदानीबाट ५ करोड ७ लाख ५६ हजार ५०० रुपैयाँ संकलन गर्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology