Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाको धार्चेमा गएको पहिरोमा परी बेपत्ता भएका ५ जना मध्ये ४ जनाको मृत शव फेला


2.9K
Shares

गोरखाको धार्चेमा गएको पहिरोमा परी बेपत्ता भएका ५ जना मध्ये ४ जनाको मृत शव फेला

गोरखा, १४ साउन । उत्तरी गोरखाको धार्चेमा आइतबार बिहान गएको पहिरोमा परी बेपत्ता भएका ५ जना मध्ये ४ जनाको शव फेला परेको छ । वेपत्ताहरुको शव विभिन्न स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आईतबार दिउसो गण्डकी गाउँपालिका–८ को बर्खेघाटमा वेवारिसे अवस्थामा फेला परेको महिलाको शव समेत सोही घटनाको भएको आज पुष्टी भएको हो ।

बेपत्ता भएका मध्ये ३५ बर्षिया कान्छी मायाँ गुरुङ शव गण्डकी गाउँपालिका–८ को बर्खेघाटको त्रिशुली नदी किनारमा फेला परेको थियो । कान्छी मायाँको शव आज बिहान उनका दाजुले पहिचान गरेका थिए ।

त्यस्तैगरी, आज दिउसो १२ः४५ बजे बेपत्ता भएका मध्येका ७० बर्षका सुलाल कान्छा गुरुङको वश घर नजिकै २० मिटर तल फेला पुरिएको अवस्थमा फेला परेको थियो भने दिउसो २ बजे ३७ बर्षका जितबहादुर गुरुङ शव घर भन्दा २५ मिटर तल फेला परेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

 

बेपत्ता भएका अर्का रमेश गुरुङको शब पनि फेला परेको उहाँले जानकारी दिनुभयो । सोही पहिरोमा परेर घाईते भएकाहरु दिलिप गुरुङ र खम बहादुर गुरुङको अहिले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology