Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

सुनका गहना चोरेर भाग्दै गर्दा युवक पक्राउ


1.6K
Shares

सुनका गहना चोरेर भाग्दै गर्दा युवक पक्राउ

काठमाडौं,१३ साउन । चोरी गरेर भाग्दै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाही छन् । उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–५ कालोपुल डेरा गरी बस्ने सुनसरीको गढी गाउँपालिका घर भएका ५६ वर्षीय भुपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका गरगहना उनले चोरी गरेको आरोप छ ।

सुनका विभिन्न गरगहना र नगद गरी १० लाख ७६ हजार ६ सय १० रुपैयाँ बराबरको धनमाल चोरी गरी भाग्दै गरेका उनलाई प्रहरीले गहनासहित पक्राउ परेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology