Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

दुईसातादेखि बेनिघाट–आरुघाट सडक अवरुद्ध हुँदा आवागमनमा कठिनाइ


1.4K
Shares

दुईसातादेखि बेनिघाट–आरुघाट सडक अवरुद्ध हुँदा आवागमनमा कठिनाइ

गोरखा, १२ साउन । पुलमा बाढीले क्षति पु¥याएर दुईसातादेखि बेनिघाट–आरुघाट सडकखण्ड अबरुद्ध हुँदा आवागमनमा यात्रुहरुले खेप्नु परेको छ । गएको असार २८ गतेको अविरल बर्षापछि आएको भीषण बाढीले बेनिघाट–आरुघाट सडकखण्ड अन्र्तगत पर्ने भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ र सहिद लखन गाउँपालिका वडा नम्बर ८ बुङकोट जोड्ने ज्यादुलखोलामा रहेको डाइभर्सजन पुलमा क्षति पुगेर उक्त सडकखण्ड अबरुद्ध भएको थियो ।

सो सडकखण्ड हुँदै दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने गर्दछन् । ‘‘बर्खाका बेला पक्की सडकको पहुँच नपुगेको यसक्षेत्रमा अन्य सडकखण्ड समेत अवरुद्ध अवस्थामा छ, स्थानीयबासी जीवन कुमालले भन्नुभयो, ‘‘अलिबढी भरपर्दो सडकको रुपमा रहेको बेनिघाट–आरुघाट सडकखण्ड पनि अबरुद्ध भएपनि काठमाण्डौँ, पोखरा, चितवनलगायतका शहरमा पुग्नका लागि अहिले त्यसक्षेत्रका बासिन्दाहरु समस्यामा परेका छन् ।’’

कतिपयलाई अत्यावश्यक कामका लागि आउजाउ गर्नुपर्ने अवस्थामा समेत कहिले पुल मर्मत हुन्छ र जाउला भन्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ । ज्यादुल खोला पुलमा बाढीले क्षति पु¥याएसंगै सवारी साधन पूर्णरुपमा बन्द भएको कुमालले बताउनुभयो । ‘‘पुलको दुईतर्फको ग्याविन वाल नै बगाएर लगेको छ, उहाँले भन्नुभयो,‘‘तत्काल जाली हालेर मर्मतसम्हार नगरेसम्म पुल सञ्चालनमा आउनसक्ने अवस्थामा छैन ।’’

सडक अबरुद्ध हुँदा स्थानीयबासीलाई गोरखा सदरमुकामसम्म पुग्नका लागि समेत घुमेर जानुपर्ने वाध्यता छ । पुलमा क्षति पुगेर सडक अबरुद्ध हुँदा सहिद लखन गाउँपालिका नाम्जुङ्ग, बुङ्गकोट, गण्डकी गाउँपालिकाको फुजेल, भीमसेन थापा गाउँपालिकाको क्यामुन्टार, सिमलटार, पिपलटार, महादेवटार घाटबेशीलगायतका क्षेत्रका बासिन्दालाई बढी समस्या परेका छन् ।

त्यसक्षेत्रका बासिन्दाहरु गोरखा सदरमुकाम, काठमाण्डौ, पोखरा, चितवनलगायतका शहर आउजाउ गर्नकालागि मुख्य सडक नै बेनिघाट–आरुघाट सडकखण्ड हो । क्षतिग्रस्त पुल मर्मतका लागि आवश्यक पहल भइरहेको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले बताउनुभयो ।

‘‘गाउँपालिकाको लाइफलाइन सडकको रुपमा रहेको उक्त सडक तत्काल सञ्चालनमा ल्याउनका लागि क्षतिग्रस्त पुल मर्मतको प्रयास भइरहेको छ, उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाको तर्फबाट उपलब्ध हुनसक्ने स्रोतसाधन, स्थानीय स्रोत साधन र जनशक्ति परिचालन गरी पुल तत्काल मर्मतमा जोड दिएका छौ ।

गतबर्ष मात्र करिब रु ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको पुल एक बर्ष पुरा नहुँदै बाढीले बगाएर क्षति पु¥याएको थियो । पुल नहुँदा बर्खाबाट बेलामा खोलाको पानी घटेपछि सवारी ओहोरदोहोर गराउनुपर्ने बाध्यता रहेकोमा पुन बनेपछि निक्कै सजिलो भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology