Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

‘ठगी धन्दा’ बाट लोभलाग्दो जीवन शैली बिताएका गोरखाका बस्नेत पक्राउ


2.5K
Shares

‘ठगी धन्दा’ बाट लोभलाग्दो जीवन शैली बिताएका गोरखाका बस्नेत पक्राउ

गोरखा ११ साउन । गोरखा सिरानचोक गाउँपालिका–२ का ३६ वर्षीय रामशरण बस्नेत लाजिम्पाटको एक अपार्टमेन्टमा बस्छन् । ८० लाख रुपैयाँमा अपार्टमेन्टको ब्लक–५ को फ्ल्याट खरिद गरेर बसेका बस्नेतको जीवनशैली लोभलाग्दो रहेको प्रहरी बताउँछ ।

गोरखाको सामान्य परिवारमा जन्मिएका बस्नेतले छोटो समयमै गरेको आर्थिक प्रगतिले गाउँभरि चर्चा पाउँथ्यो । उनी गाउँ जाँदा नयाँ कार फेर्दै पुग्थे ।

हरेक दिन काठमाडौंको दरबारमार्गक्षेत्रमा भेटिने बस्नेतले त्यसरी अपार्टमेन्टमा बस्ने र नयाँ–नयाँ कार चढ्ने आर्थिक हैसियत भने कुनै वैध व्यापार–व्यवसाय गरेर बनाएका होइनन् । बस्नेतले मानिसहरूलाई प्रभाव र प्रालोभनमा पारेर रकम उठाउने र ठगी धन्दा चलाएर गाडीदेखि अपार्टमेन्टसम्म खरिद गरेको खुलेको हो ।

बैंकिङ कसूरको आरोपमा बस्तेन पक्राउ परेपछि उनको कर्तुत खुलेको हो । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले बस्नेतलाई साउन ८ गते ललितपुरको नख्खुबाट पक्राउ गरेको छ ।

प्रहरीको अनुसन्धानका क्रममा उनी ‘पटके ठग’ रहेको खुलेको छ । बस्तेनमाथि प्रहरीले थप अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए । आचार्यका अनुसार, उनी आठवटा बैकिङ कसूर ठहर भएका व्यक्ति हुन् । बस्नेतले ललितपुरका पूर्णबहादुर बलामीसँग २०७८ मै जग्गाको मिलाई दिने भन्दै २४ लाख रुपैयाँ लिएका थिए ।

तर, लामो समयसम्म जग्गा उपलब्ध नगराएपछि बस्नेतले बलामीलाई चेक उपलब्ध गराए । तर, बैंकमा मौज्दात रकम नभएको चेक उपलब्ध गराएको भन्दै बलामीले बस्नेतले दिएको चेक सम्बन्धित बैंकमार्फत बाउन्स गराए ।

तर, उनी बलामीको सम्पर्कमा आएनन् । बस्नेतको खोजी गर्दा गर्दा नभेटेपछि उनी न्यायका लागि उच्च अदालत पाटन पुगे । अदालतले २०७८ पुस १९ मा बस्नेतलाई कसुर ठहर गर्दै पाँच लाख ६५ हजार २०० रुपैँयाँ जरिवाना र २४ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गर्‍यो ।

तर, बस्नेतले क्षतिपूर्ति र जरिवाना दुबै नतिरी फरार भइरहे । २०७८ पुसमै छविलाल काफ्ले समेत उनीविरुद्ध उच्चअदाल पाटन पुगे । काफ्लेबाट बस्नेतले चार लाख रुपैयाँ लिएका थिए । अदालतले काफ्लेको पक्षमा फेसला गर्दै एक लाख जरिवाना र चार लाख क्षतिपूर्तिको फैसला ग¥यो । तर, बस्नेत फरार नै बसे ।

प्रहरीका अनुसार, काफ्ले र बलामीको जस्तै ठगी गरेका सन्तोष श्रेष्ठको सात लाख ७८ हजार, डिल्लीराम अधिकारीको आठ लाख, गंगाप्रसाद पुडासैनीको ७ लाख, रेणु नगरकोटीको सातलाख, दिपक लामिछानको ६ लाखसहित जना पीडितबाट ३३ लाख ३१ हजार ठगी गरेका थिए ।

आठवटै मुद्दामा विभिन्न मितिमा उनी बैंकिङ कसूर ठहर भइसकेका छन् । तर, उनी पक्राउबाट जोगिँदै आएका थिए । बिहीबार भने बस्नेतलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

८ वटा बैकिङ कसुरमा ठहर भएका बस्नेतविरुद्ध थप ४ वटा उजुरी काठमाडौं प्रहरी परिसरमा परेको खुलेको छ । ठगी तथा बैंकिङ कसुरकै मुद्दा काठमाडौं प्रहरीमा परेको खुलेको हो । काठमाडौं प्रहरीका अनुसार करिब १ करोड रुपैयाँ ठगी गरेको उजुरी बस्नेतमाथि छ ।

काठमाडौं प्रहरीले बस्नेत पटके ठग भएको र अन्य व्यक्तिसमेत पीडित हुनसक्ने आशंका गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology