काठमाडौं, ९ साउन । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एअरलाइन्सको ९एन(एएमईको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।
पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । रनवेबाट चिप्लिएपछि जहाजमा आगो लागेको प्रहरीले जनाएको छ ।