Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

काटिएका उद्योगमा आजै बिजुली जोडिने, बोर्ड बैठकले निर्णय गर्दै


1.7K
Shares

काटिएका उद्योगमा आजै बिजुली जोडिने, बोर्ड बैठकले निर्णय गर्दै

काठमाडौ, ८ साउन । विद्युत प्राधिकरणले काटिएका ६ वटा उद्योगमा मंगलबार नै लाइन जोड्ने भएको छ । ऊर्जामन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशकबीच मंगलबार नै विद्युत् जडान गर्ने सहमति भएको हो ।

मंगलबार मन्त्रालयमा भएको छलफलमा बक्यौता रहेका उद्योगीसँग रकम उठाउने गरी विद्युत् जडान गर्न कुलमान घिसिङ तयार भएको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

‘मन्त्रीज्यू र कुलमान घिसिङबीच एउटा समझदारी बनेको छ । अहिले काटिएका उद्योगको लाइन जाडन गर्ने,’ ती अधिकारीले भने, ‘व्यवसायीलाई बक्यौता तिर्नको लागि ३ महिनाको समय दिने भन्ने भएको छ ।’

 

ऊर्जामन्त्री र कुलमान घिसिङबीच समझदारी बने पनि केही सञ्चालक समिति सदस्यले असहमति दर्ज गर्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले काटिएका उद्योगको लाइन तत्काल जोड्न शुक्रबार निर्देशन दिएका थिए । आइतबार र सोमबार संसदमा सम्बोधनका क्रममा लाइन जोड्नुपर्ने भन्दै उद्योगीको पक्षमा खुलेर वकालत गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशन आएसँगै ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरण र सञ्चालक समितिलाई लाइन जोड्नुपर्ने भन्दै २ पटक बोर्ड बैठक राखि सके । तर सहमति हुन सकेन । मंगलबार बहुमत सदस्यले लाइन जोड्ने निर्णय गर्ने भएको छ ।

‘अब केही बेरमा बोर्ड बैठक हुन्छ होला। कार्यकारी निर्देशकज्यूले कुनै समझदारीको मोडालिटी प्रस्तुत गर्ने भन्ने सुनेका छौँ’, एक सञ्चालक समिति सदस्यले भने, ‘बहुमतले निर्णय हुने अवस्था रहे पनि हामी असहमति दर्ज गर्छौँ ।’

सञ्चालक समितिमा ऊर्जामन्त्री खड्का अध्यक्ष र ऊर्जा सचिवको जिम्मेवारी सम्हालेकी सरिता दवाडी, अर्थ मन्त्रालयका राजस्व सचिव डा। रामप्रसाद घिमिरे, उपभोक्ता समूहबाट भक्तबहादुर पुन, ऊर्जा क्षेत्रबाट कपिल आचार्य र रतन बहादुर ऐर, उद्योग वाणिज्य महासंघबाट भरतराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology