Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

केही दिनमै कोरोना संक्रमितको संख्या १० लाख नाघ्छ र ५० हजारको मृत्यु हुन्छ : डब्लुएचओ


3.3K
Shares

केही दिनमै कोरोना संक्रमितको संख्या १० लाख नाघ्छ र ५० हजारको मृत्यु हुन्छ : डब्लुएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठनले केही दिनमा विश्वमा कोरोना भाइरसको संक्रमितको संख्या १० लाख नाघ्ने र ५० हजारको मृत्यु हुने दावी गरेको छ। बुधबार नियमित पत्रकार सम्मेलनमा यस्तो आँकडा  सार्वजनिक गरेको हो।

जसरी कोरोना भाइरसको संक्रमण बढी रहेको छ त्यसले संगठनको दावी सत्य निकट नै देखिन्छ। अमेरिका एउटै देशमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख पुगिसकेको छ। इटली,स्पेन, बेलायतमा कोरोना भाइरसको संक्रमण बढ्दोक्रममा रहेको छ। बुधबार बेलुकासम्म संक्रमितको संख्या ९ लाख २१ हजार पुगिसकेको छ।

जति संक्रमण बढिरहेको छ मृतकको संख्या पनि बढिरहेको छ। मृतकको संख्या ४६ हजार २ सय ५२ पुगिसकेको छ। इटलीमा मात्रै कोरोना भाइरसबाट १३ हजारको ज्यान गइसकेको छ। स्पेनमा ९ हजारको ज्यान गइसकेको छ। यो आँकडाले नै संगठनको अनुमान पुरा हुन त्यती धेरै दिन कुर्नुपर्ने देखिन्न।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology