Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

भीमसेनथापा गाउँपालिकामा नगरप्रहरी भर्ना गरी परिचालन


2.6K
Shares

भीमसेनथापा गाउँपालिकामा नगरप्रहरी भर्ना गरी परिचालन

गोरखा, ५ साउन । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिका भित्रको शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न नगरप्रहरी भर्ना गरेको छ । पालिकाले चालु आर्थिक बर्षदेखि नगरप्रहरी भर्ना गरेर परिचालन गरेको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकारलाई प्रयोग गर्दै नगरप्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यबिधि २०८० स्विकृत गरी नगरप्रहरी भर्ना गरेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय गोरखासंग आवश्यक समन्वय गरेर भर्ना छनौट भएकाहरुलाई आवश्यक तालिम प्रदान गरी परिचालन गरिएको हो ।

गाउँपालिकाले तत्कालका लागि दुईजना नगरप्रहरी हवल्दार र ६ जना नगरप्रहरी जवान भर्ना गरेको छ । भर्ना भएका नगरप्रहरीलाई पालिका भित्र शान्ति सुव्यवस्था कायम गर्नेलगायतका काममा परिचालन गरिएको अध्यक्ष बन्जराले बताउनुभयो ।

‘‘गाउँपालिकाले तत्कालका लागि करार सेवामा नगरप्रहरी भर्ना गरेको छ, अध्यक्ष बन्जराले भन्नुभयो, ‘‘दरखास्त स्वीकृत भएका उमेद्वारको शारिरिक तन्दुरुस्ती परीक्षा र लिखित परीक्षासहित अन्र्तवार्ता परीक्षापछि छनौटमा परेकालाई नगरप्रहरीमा भर्ना लिएको हो ।’’

भर्ना भएका नगरप्रहरीले पालिका क्षेत्र भित्रका सार्वजनिक सम्पतीको सुरक्षा तथा सम्र्बद्धन गाउँपालिकाको निर्णय कार्यान्वयन गर्न र आपतकालिन अवस्थामा राहत तथा उद्धारको काममा समेत परिचाललन गरिने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै नगरप्रहरीले पालिका भित्र अनाधिकृत रुपमा निर्माण तथा सार्वजनिक सम्पतीको अतिक्रमण रोक्ने, जुवातासलगायतका बिकृतजन्य क्रियाकलापको रोकथाम नियन्त्रण गर्न भूमिका खेल्ने अध्यक्ष बन्जराले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology