Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

ओलीलाई विश्वासको मत नदिने तीन दलको निर्णय


1.8K
Shares

ओलीलाई विश्वासको मत नदिने तीन दलको निर्णय

काठमाडौ, ४ साउन । तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो ।

माओवादी केन्द्रमा उपमहासचिव वर्षमान पुनले अनलाइनखबरसँग भने, ‘आइतबार विश्वासको मत दिदैनौं । नयाँ सरकार ७६ ९३० अनुसार गठन हुनुपर्थ्यो । ७६ ९२० मा पुनः सरकार बन्नु असंवैधानिक हो ।’ ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बन्ने पुनले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology