Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखा संग्रालयमा अबलोकन गर्नेको संख्या घट्यो


2.2K
Shares

गोरखा संग्रालयमा अबलोकन गर्नेको संख्या घट्यो

गोरखा, ३ साउन । गोरखा संग्रालयको अबलोकन गर्नेको संख्या यो बर्ष घटेको छ । अघिल्लो आर्थिक बर्षमा करिब १ लाख २४ हजारको हाराहारीले अवलोकन गरेको संग्रालय यो बर्ष करिब १ लाख २० हजार मानिसले मात्र अवलोकन गरेको संग्रालय प्रशासनले जानाकारी दिएको हो ।

गोरखा दरर्बार संग्रालय प्रमुख जयनारायण कार्कीका अनुसार आर्थिक बर्ष २०७९–०८० मा १ लाख २३ हजार ७३१ जनाले अबलोकन गरेको आर्थिक बर्ष ०८०–०८१ मा १ लाख १९ हजार १८० जनाले मात्र अवलोकन गरेको छ ।

कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार संख्यात्मक हिसाबले अवलोकन कर्ता घटेता पनि राजश्व आम्दानी भने बढेको देखिएको छ । आव २०७९–०८० मा २६ लाख ७७ हजार ४७५ रुपैयाँ राजश्व आम्दानी भएकोमा आव २०८०–०८१ भने भने २७ लाख ८५ हजार ४९१ रुपैयाँ पुगेको छ ।

संग्रालय प्रमुख कार्कीका अनुसार आव २०८०–०८१ मा अघिल्लो बर्षको तुलनामा ४ हजार ५५१ जनाले कमी आएको छ । उपलब्ध तथ्यांक अनुसार ३५ हजार ३५६ जना बिद्यार्थी, ८२ हजार १४४ जना नेपाली, १५९ जना सार्क राष्ट्रका र १ हजार ५२८ जना बिदेशीले अवलोकन गरेको देखिन्छ ।

०६५ साल जेठ १९ गते विधिवत रुपमा खुल्ला गरिएको संग्रालयमा हालसम्म १० लाख ७५ हजार ८९९ जनाले अवलोकन गरेको पनि प्रमुख कार्कीले जानकारी दिनुभयो।

संग्रालयको अग्र भागमा भने तात्कालिन राजा रणबहादुर शाहको पालामा बिस १८५० ताका बनेको २ वटा तोप राखिएको छ । संग्रालय अवलोकन गर्न आउने मध्ये अधिकांशले तोपको बिचमा बसेर तस्बिर खिचाउने गर्दछन् ।

कुल ६८ रोपनी क्षेत्रफलमा फैलिएको यो संग्रालय परिषरमा करिब ३०० प्रजातिका रुख बिरुवाहरु देख्न सकिन्छ । संग्रालय भित्र तात्कालिन गोरखा राज्यको महत्व झल्किने ऐतिहासीक, पुरातात्विक, आर्थिक तथा संस्कृती झल्कने खालका बहुमुल्य सामाग्रीहरु राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology