Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा ६३ बर्षिय एक बृद्व मृत्त फेला


1.7K
Shares

गोरखामा ६३ बर्षिय एक बृद्व मृत्त फेला

गोरखा, ३ साउन। गोरखाको पालुङटार नगरपालिकाको सेराखेत भन्ने स्थानमा १ जना बृद्व पुरुष मृत्त फेला परेका छन् । मृत्तक ब्यत्ति पालुङटार नगरपालिका–१ खोप्लाङका ६३ बर्षिय मुरली लामा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार असार २७ गते घरबाट सेराखेत भन्ने स्थानमा रहेको गोठमा गएका उनी सोही दिनदेखी सम्र्पक बिहिन भएका थिए । गोठमा नै बस्ने उनी साउन २ गते बुधबार दिउसो १ः३० बजेको समयमा सेराखेतकै एक छाप्रोमा मृत्त फेला परेका थिए ।

मृत्तक लामाको शव पोष्टमार्टम पछी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा संकास्पद मृत्यु नदेखिएको भएता पनि पोष्टमार्टम रिर्पोट आउन बाँकी भएकोले अहिले नै केही भन्न नसकिने सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

शव केही सडेको अवस्थामा फेला परेकोले लामाको मृत्यु ३–४ दिन अगाडी नै भएको हुन सक्ने पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology