Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

एसईईको नतिजामा लापर्बाही,पाँच जना विद्यार्थीको पुनर्योगपछि ४ जीपीए


1.3K
Shares

एसईईको नतिजामा लापर्बाही,पाँच जना विद्यार्थीको पुनर्योगपछि ४ जीपीए

काठमाडौ, ३ साउन । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको नतिजामा गम्भीर लापर्बाही भएको तथ्य फेला परेको छ । बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ जसरमा एनजी ननग्रेडेड आएका पाँच जना विद्यार्थीको पुनर्योगपछि ४ जीपीए आएको छ । यसले विद्यार्थीमा मानसिक असर पर्नु स्वभाविक छ ।

बार्डका अनुसार १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएकामा चार हजार २८७ जना विद्यार्थीको नतिजामा सुधार आएको छ । बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो । प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरेको जनाएको छ ।

प्रकाशित पुनर्योगको नतिजा अनुसार २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ । बोर्डले धेरै अङ्क इन्ट्री गर्दा, केही टाइपिङ गलत भएर नतिजा फरक परेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology