Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

२११औं भानु जयन्तीको अवसरमा ग्लोबल गोरखा समाजद्वारा बक्तृत्वकला प्रतियोगिता


2.5K
Shares

२११औं भानु जयन्तीको अवसरमा ग्लोबल गोरखा समाजद्वारा बक्तृत्वकला प्रतियोगिता

गोरखा, २४ असार । भानु जयन्तीको अवसरमा अन्तर मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता हुने भएको छ । २११औं भानु जयन्तीको अवसरमा ग्लोबल गोरखा समाजले प्रतियोगिताको आयोजना गरेको हो ।

‘राष्ट्र निर्माणमा गोरखाको योगदान, बिगतदेी वर्तमान’ बिषयमा प्रतियोगिताको आयोजना गरेको समाजले जनाएको छ । असार २९ गते शनिबार गोरखा सदरमुकाममा हुने प्रतियोगितामा कक्षा ९ देखी १२ सम्म अध्ययनरत बिद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगितामा प्रत्येक पालिकाबाट २ जना बिद्यार्थीहरुले सहभागिता जनाउन पाउने आयोजक ग्लोबल गोरखा समाजले जानकारी दिएको छ । बिद्यार्थीहरुले आफ्नो प्रस्तुती ८ मिनेट भित्रै सक्नु पर्ने पनि आयोजकले जनाएको छ ।

प्रतियोगिता बिजयी हुने बिद्यालयलाई शिल्डका साथै बिद्यार्थीहरुलाई क्रमश।प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुनेहरुलाई ५० हजार, ३५ हजार, २० हजार र १० हजार नगद सहित प्रमाण–पत्र र मेडल प्रदान गरिने बक्तृत्वकला प्रतियोगिता ब्यवस्थापन समितिका संयोजक यदु लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology