काठमाण्डौ , २४ असार । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ । हिजो तोलामा १ लाख ४५ हजार ४ सय रुपैयाँ रहेर अहिलेसम्मकै उच्च रेकर्ड बनाएको सुनको भाउ आज ४ सय रुपैयाँले घटेर तोलाको १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने आज स्थिर छ । चाँदी भाउ तोलाको हिजोजस्तै १ हजार ८ सय ९० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।