काठमाडौ, २३ असार । हास्य कलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाललाई भक्तपुर जिल्ला प्रहरीले बालकोटमा रहेको मनोजको घरमा चाबी लगाउन खोज्दा पक्राउ गरेको छ ।
उनले ८५ वर्षकी गजुरेलकी आमालाई धम्क्याएकी थिइन्। छिमेकीहरूले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो । मिनाले २०७४ सालमा सहमतिमै सम्बन्ध विच्छेद गरेपछि सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गर्दै आएकी थिइन् ।