Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

मनकामना केबुलकार स्तरोउन्नतीमा कबिर ५० करोड खर्च लाग्ने अनुमान


1.8K
Shares

मनकामना केबुलकार स्तरोउन्नतीमा कबिर ५० करोड खर्च लाग्ने अनुमान

गोरखा, २३ असार । नेपालकै पहिलो केबुलकार स्तरोउन्नती गर्न लागिएको छ । जसका लागि माउ संस्था मनकामना दर्शन प्रालिले ५० करोड खर्च हुने अनुमान गरेको छ ।
सञ्चालनको लामो समयाबधी एनागल प्रविधीमा संञ्चालन भएको केबुलकार हालै डिजिटल प्रणालीमा स्तरोउन्नती गर्न लागिएको मनकामना दर्शन प्रालिका निर्देशक राजेशबावु श्रेष्ठले बताए । उनका अनुसार केबुलकार सञ्चालन भएको २६ बर्ष भईसकेको छ ।
पछिल्लो समय नेपालमा स्थापना भएका सबै केबुलकार डिजिटल प्रणालीको भएकोले पनि डिजिटल प्रणालीमा जान लागेको उहाँले जानकारी दिनुभयो । निर्देशक श्रेष्ठका अनुसार केबुलकार अष्ट्रियाको डोपलमायर कम्पनीले डिजिटल प्रणालीमा जान भनेकाले पनि स्तरोउन्नती गर्न लागिएको हो ।
बिक्रम सम्बत २०५५ साल मंसिर ८ गते विधिवत रुपमा सञ्चालनमा आएको केबुलकार डिजिटल प्रविधिमा लान कम्पनीबाट सबै सामान स्टेशनमा आइ सकेको छ । असार ३१ गतेदेखी करिब २ महिनाको लागि पूर्ण रुपमा बन्द गरी स्तरोउन्नती गर्न लागेको मनकामना दर्शन प्रालिले जनाएको छ ।
कम्पनीका अनुसार एनालगमा डिसी मार्फत मेशिन सञ्चालन भएको र डिजिटलमा जादा एसी मार्फत मेशिन सञ्चालनमा आउने छ । जसले गर्दा यात्रुलाई अझै प्रभावकारी सेवा दिन सहज हुने कम्पनीका निर्देशक श्रेष्ठले जानाकारी दिनुभयो ।
केबुलकार डिजिटल प्रणालीमा जादै गर्दा मेशिनमा प्रयोग भएको मुख्य लठ्ठा समेत नयाँ हालिने भएको छ । चितवनको चेरेशमा रहेको मुख्य स्टेशनबाट गोरखाको मनकामनामा रहेको माथिल्लो स्टेशनसम्म मुख्य लठ्ठा ६ हजार ५०० मिटरको रहेको पनि कम्पनीले जनाएको छ ।
निर्देशक श्रेष्ठका अनुसार डोपलमायरका प्राविधिकहरुले ५० दिनमा काम सम्पन्न गर्ने गरी काम गर्न लागेको भएता पनि चाढो भए चाढो र केही दिन ढिला भए सोही अनुसार केबुलकार सञ्चालन आउने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology