Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा बाँदर घपाउन बोकेको बन्दुक पड्किदा एकजना गम्भीर घाइते


5.9K
Shares

गोरखामा बाँदर घपाउन बोकेको बन्दुक पड्किदा एकजना गम्भीर घाइते

गोरखा १९, चैत – गोरखाको बारपाक सुलिकोट गाउँपालिका–७ अमलेमा भरुवा बन्दुक पड्किदा एक जना गम्भीर घाइते भएका छन् । मंगलबार करिब ४: ३० बजेको समयमा घर नजिकैको करेसाबारीमा बादँर आएपछि तर्साउन भरुवा बन्दुक लिएर निस्किएका ५८ बर्षका तुलबहादुर गुरुङ आफैले बोकेको बन्दुक पड्किएर गम्भीर घाइते भएका हुन् ।

घाइते गुरुङको अहिले काठमाण्डौं स्थित त्रिबि शिक्षण अस्पताल उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।  घटनाको जानकारी पाए लगत्तै ध्याम्पेसाल प्रहरी चौकीबाट गएको प्रहरीको टोलीले घाइतेको उद्धार गरेको थियो । घाइतेलाई उपचारका लागी जिल्ला अस्पताल गोरखा पठाएको भएपनि त्यहाँ उपचार हुन नसकेपछि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले घटनास्थलबाट १ थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology