Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

डा.मुकुल प्रतिवदेन : गगनले आफू जित्न आफ्ना पक्षलाई घण्टीमा भोट हाल्न लगाएको खुलासा


4.7K
Shares

डा.मुकुल प्रतिवदेन : गगनले आफू जित्न आफ्ना पक्षलाई घण्टीमा भोट हाल्न लगाएको खुलासा

काठमाण्डौ २२ असार :  नेपाली काग्रेसका महामन्त्री गगन कुमार थापाले प्रतिनिधिसभाको निर्वाचनामा आफू चुनाव जित्न रास्वपासंग सहकार्य गरेर आफ्ना पक्षलाई भने घण्टीमा भोट हाल्न लगाइएको खुलासा भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा।मुकुल ढकालले पार्टीलाई बुझाएको प्रतिवदेनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीसंग चुनाव जित्नका लागि गरेको रणनीतिक एकताले पार्टीलाई दीर्घकालिन फाइदा नपुगेको उल्लेख गर्दै यस्तो खुलासा गर्नुभएको छ ।

महामन्त्री ढकालले कांग्रेस महामन्त्री गगन थापा लडेको काठमाडौं–४ मा पार्टीले जित्ने रिपोर्ट हुँदाहुँदै उहाँ लाई छोडेर गल्ती भएको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । “मंसिरको चुनावका बेला गगन थापाविरूद्ध सशक्त उमेदवार उठाइ उनको राजनीतिलाई त्यहीं बिराम लगाइदिने रणनीति बदलिएर गगनलाई जित्न सहज हुने वातावरण जुन सिर्जना गरिदियौं, त्यसले आज हामीलाई चोट पुर्‍याएको छ,” ढकालले प्रतिवदेनमा लेख्नुभएको छ, “हुन त गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा २ सिट नाफा हुन पुग्यो ।”

महामन्त्री ढकालले प्रतिवेदनमा आफूहरुले काठमाडौं–४ पनि जित्ने नजिताले देखाएको भन्दै गगनसँगको सहकार्यले तात्कालिक दुवै फाइदा नभएको उल्लेख गर्नुभएको छ । उहाँले प्रतिवेदनमा गगनका कारण कुनकुन क्षेत्रमा रास्वपालाई फाइदा भएको भन्ने बारेमा भने खुलाउनुभएको छैन ।

गगनसंगको रणनीतिक सहकार्यका सम्बन्धमा खुलाइको प्रतिवेदनको अंश

दुई सिट फाइदा भएको भनेर प्रतिवेदनमै लेखेका उहाँले अहिलेको सम्बन्धलाई लिएर तत्कालीन र दीर्घकालीन दुवै फाइदा नभएको उल्लेख गर्नुभएको छ । “गगनसँग त्यतिबेला गरेको रणनीतिक सहकार्य विफल भएको समीक्षा गर्नुपर्ने हुन्छ,” ढकालले प्रतिवेदनको ११औं बुँदाको एउटा अनुच्छेदमा लेख्नुभएको छ । मंसिर निर्वाचन सकिए लगत्तै काग्रेसका महामन्त्री थापालाई पार्टी भित्रै पनि रास्वपालाई सहयोग गरेको आरोप लागेको थियो ।

त्यस्तै उहाँले माओवादीसंग गठबन्धन भएका निर्वाचन क्षेत्रमा आफु पक्षका नेता कार्यकर्ताहरुलाई घण्टीमा भोट हाल्न निर्देशन दिएको बताइएको थियो । रास्वपमा महामन्त्री ढकालले पार्टीमा पेश गर्नुभएको प्रतिवदेनमा काग्रेस महामन्त्री थापा फेरी सोही बिषयमा बिबादमा तानिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology