Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

भिमसेन थापा गाउँपालिकामा सामुहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालन


2.2K
Shares

भिमसेन थापा गाउँपालिकामा सामुहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालन

गोरखा, २१ असार । गोरखाको भिमसेन थापा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८०÷ ०८१ म पालिका भित्रका सबै नागरीकहरुको सामुहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालन गरेको छ ।

२०७८ को जनगणनाको तथ्याङक अनुसार १६ हजार ९ सय ८६ जनाको सामुहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालन गरेको भिमसेन थापा गाउँपालिकाका प्रशासकिय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाले यो बिमा गरिरहँदा १ जना बराबर प्रमीयम रु ७१ रुपैया राष्द्रिय कम्पनि लिमिटिडलाई भुक्तानी गर्ने गरेको छ ।

पालिकाले ५० हजार बिमाङ्कन बराबरको बिमा सुबिधा सोही गाउँपलिका भित्र घर भई स्थायी बसोबास गर्ने नागरीकहरु दुर्घटनामा परेमा १० हजार बराबरको उपचार ब्र्यहेने छ भने,दुर्घटना भई मृत्यु भएमा मृतकाको परीवारले रु ५० हजार रुपैया प्राप्त गर्ने उहाँको भनाई छ । यो कार्यक्रमबाट अहिले सम्म १८ जनाले लाभ लिएको भिमसेन थापा गाउँपालिकाका प्रशासकिय अधिकृत अधिकारी बताउनुहुन्छ ।

घाईतेले उपचार गरेको बिलको र अस्पतालको सिफारीसको आधारमा गाउँपलिकाले राष्द्रिय कम्पनि लिमिटिडलाई पठाउँछ र सोही आधारमा पालिकाको नाममा पैसा आउँछ र पालिकाले सम्बन्धित ब्यक्तिलाई भुक्तानी गर्ने गाउँपलिकाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology