Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

शिक्षकमा बुझ्ने गरी ज्ञान प्रदान गर्ने सीप नहुँदा एसइईको नतिजा खस्कियो :अध्यक्ष ओली


2.5K
Shares

शिक्षकमा बुझ्ने गरी ज्ञान प्रदान गर्ने सीप नहुँदा एसइईको नतिजा खस्कियो :अध्यक्ष ओली

बुटवल २० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरूमा विद्यार्थीले बुझ्ने गरी ज्ञान प्रदान गर्ने सीप नहुँदा एसइईको नतिजा खस्किएको बताउनु भएको छ । एमालेको भातृ संगठन अनेरास्वीयु रुपन्देहीले एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयको सम्मानमा आज बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकले बुझ्ने गरी नपढाएकै कारण धेरै विद्यार्थीले फेल भएको टिप्पणी गर्नुभयो ।

सुधारका लागि क्षमतावान् शिक्षकको आवश्यकता रहेको बताउँदै उनले भने ‘नलेज ट्रान्सफर गर्न सक्ने क्षमता भएका शिक्षकको आवश्यकता छ।’ २०८० को एसइई परीक्षामा जिल्लाबाट उत्कृष्ट नतिजा ४ जिपिए ल्याएका दुई जना सहित ३.६ जिपिए ल्याएका १ हजार २८ जना विद्यार्थीहरूलाई सम्मान गर्न ओली बिहीबार बुटवल पुग्नुभएको थियो ।

उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूको भेलामा बोल्दै ओलीले ननग्रेडमा परेका विद्यार्थीहरूलाई पुरक परीक्षामा पास गराउन तयारी स्वरुप निःशुल्क अनलाइन कक्षा संचालन गर्ने घोषणा पनि गर्नुभयो । निःशुल्क अनलाइन कक्षाका लागि ओलीले आफ्नो फेसबुक पेजमा जोडिन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

अधिकतम प्रयास र इमानदारिताले जुनसुकै परिस्थितिमा पनि सफलता प्राप्त गर्न सकिने भन्दै उनले पुरक परीक्षामा सफलता हात पार्ने गरी अगाडी बढ्न ननग्रेडमा परेका बिद्यार्थीहरुलाई  आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology