Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

राष्ट्रिय जनगणना(२०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक


1.7K
Shares

राष्ट्रिय जनगणना(२०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक

काठमाडौँ, २० असार । राष्ट्रिय जनगणना(२०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तकमा २०७५ सालदेखि राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेका हरेक क्रियाकलापहरू समावेश गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले बताउनुभयो । बाटो बनाउने मात्रै, बिल्डिङ बनाउने मात्रै, घर बनाउने मात्रै पुँजी नभएको भन्दै तथ्याङ्कलाई पुँजीको हिसाबले लिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तथ्याङ्क भनेको एउटा पुँजी हो । तथ्याङ्कलाई पुँजीको हिसाबले लिनुपर्छ । हामीले बाटो बनाउने मात्रै, बिल्डिङ बनाउने मात्रै, घर बनाउने मात्रै पुँजी होइन । तथ्याङ्क पनि राष्ट्रको सम्पत्ति हो । यो सम्पत्तिलाई हामीले संरक्षण गर्नुपर्छ । तथ्याङ्क कहिल्यै पनि पुरानो हुँदैन । यसलाई प्रयोग गर्दै जानुपर्छ ।

यसले भविष्यको फोरकास्टिङ गर्नका लागि आवश्यक सहयोग गर्छ । यो संस्मरणको यो किताब पनि पुँजीको रूपमा रहनेछ । यसले आगामी पुस्तालाई यसको विस्तृतीकरण गर्न, लागत अनुमान गर्न, बजेट अनुमान गर्न हाम्रा जनशक्ति कति आवश्यक पर्दछन्, त्यो अनुमान गर्नका लागि, कस्ता कस्ता जोखिमहरू हुँदा रहेछन्, जनगणना गर्ने क्रममा कस्ता जोखिम हामीले व्यहोर्नुपर्‍यो र आगामी दिनमा जनगणना र सर्वेक्षणलाई पनि यसले गाइडलाइन गर्छ । यो किताबमा हामीले कुनै पनि क्रियाकलाप छुटाएका छैनौँ । २०७५ सालदेखि गरेका क्रियाकलापहरू यो पुस्तकमा छन् ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology