Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मत लिने


1.8K
Shares

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मत लिने

काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिइ विश्वासको मत लिने तयारी गरेका छन् । उहाँले सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएका कारण राजीनामा नदिएर विश्वासको मत लिने अडान लिएका हुन् । माओवादी पदाधिकारी बैठकमा प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने बताउनुभएको छ ।

माओवादी सचिव तथा सांसद देवेन्द्र पौडेलले भन्नुभयो, ” सरकारमा सहभागी दल कसैले पनि समर्थन फिर्ता लिनुभएको छैन । त्यो कारण प्रधानमन्त्रीजीले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिनुहुन्छ ।

आज पदाधिकारी बैठकमा यही विषयमा छलफल भएको छ।” उहाँले सरकारमा सहभागी दलहरूले आज नै फिर्ता लिए भने के गर्नुहुन्छ भन्ने प्रश्नमा भने, ‘पहिला फिर्ता लिइसकेपछि त्यसको निर्णय हुन्छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology