Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


1K
Shares

बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौ, १७ असार । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी बस्ने ५८ वर्षीय शम्भु प्रसाद घिमिरेलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

शम्भुले ती बालिकालाई गत जेठ ५ गतेदेखि पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology