गोरखा, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ । गोरखाबाट एसईईमा सहभागीमध्य ३३ प्रतिशत परीक्षार्थी मात्र उतीर्ण भएका छन् ।
बाँकी ६७ प्रतिशत विद्यार्थीको नतिजामा(एनजी) ग्रेड प्राप्त गरेका छन् । ३ हजार ६ सय २८ जनाले परीक्षा दिएकामा १ हजार १ सय ६३ जना मात्र उतीर्ण भएको शिक्षा बिकास तथा समन्वय इकाइ गोरखाका शिक्षा अधिकुत रमेश प्रशाद मैनालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार २ हजार ४ सय ६५ जना परीक्षार्थीहरुको नतिजा अवर्गीकृत (एनजी) आएको छ । कार्यालयका अनुसार यो सङ्ख्याभित्र २ देखि सबै विषयमा एनजी ल्याएका विद्यार्थीहरु परेका छन् । दुईवटा विषयमा एनजी ग्रेड ल्याउने विद्यार्थीहरुले भने साउनमा पुरक परीक्षा दिन पाउने कार्यालयले जनाएको छ ।
दुई वा सो भन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुले भने अर्को बर्षमात्र परीक्षा दिन पाउने शिक्षा अधिकुत मैनालील बताउनुभयो । गोरखाबाट यस पटकको (एसईई) को परिक्षमा १ जनाले मात्रै ए प्लस ग्रेड प्राप्त गरेको छन् ।
‘ए’ ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या ५८ रहेको छ । यस्तै २ सय ४८ जनाले ‘बी प्लस’ र ५ सय ४७ जनाले ‘बी’ ग्रेड ल्याएको शिक्षा कार्यालयले जनाएको छ ।