Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखा सदरमुकाममा पसल चोरी गर्ने एक युवक कारागार चलान


1.4K
Shares

गोरखा सदरमुकाममा पसल चोरी गर्ने एक युवक कारागार चलान

गोरखा, ६ असार । गोरखा सदरमुकाम क्षेत्रमा चोरीको घटनामा संलग्न एक व्यक्तिलाई पुपक्र्षका लागि कारागार चलान गरिएको छ । गोरखा नगरपालिका–६, कालीमाटीस्थित प्रविन मोवाइल पसलमा चोरीको आरोपमा पक्राउ परेका हरिहरपुरगढी गाउँपालिका–८ सिन्धुली घर भएका २१ बर्षीय कुमार मोक्तानलाई जिल्ला अदालत गोरखाको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

मोक्तानले गएको जेठ १५ गते राती मोवाइल पसलबाट १२ थान मोबाईल थान, १ थान पावर व्याङक, २ थान स्पिकर लगायतका सामान चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उनी माथि नकबजनी चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी सम्पूर्ण अनुसन्धान पछि अदालतले कारागार चलानको आदेश दिएको हो । मोक्तानलाई आजै जिल्ला कारागार गोरखामा थुनामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology