Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

अमेरिकमा बर्ड फ्लू तीव्ररूपमा फैलियो, महामारीबाट बच्न विश्व समुदाय तयार नभएको प्रतिवेदन सार्वजनिक


1.8K
Shares

अमेरिकमा बर्ड फ्लू तीव्ररूपमा फैलियो, महामारीबाट बच्न विश्व समुदाय तयार नभएको प्रतिवेदन सार्वजनिक

एजेन्सी, ५ असार । बर्ड फ्लूको महामारीबाट बच्न विश्व समुदाय तयार नभएको उल्लेखसहित एक प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी गाईवस्तुसहित स्तनधारी जनावरहरूमा बर्ड फ्लूको बढ्दो घटनाले भविष्यमा हुने महामारीबाट बच्नका लागि संसार तयार नभएको प्रतिवेदनले देखाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

अमेरिकाभर फार्महरूमा गाईवस्तु र केही मानवलगायत स्तनधारी जनावरमा बर्ड फ्लू तीव्ररूपमा फैलिरहेकोले निकट भविष्यमा यो रोगले महामारी फैलाउन सक्ने अनुमान गरिएको छ । कोभिड–१९ महामारीको प्रारम्भको चार वर्षभन्दा धेरै समय भइसक्दा पनि ठुलो र बलियो अर्थतन्त्र भएका देशले प्रकोपको पुनरावृत्तिबाट बच्नका लागि पर्याप्त लगानी र प्रयास नगरेको प्रतिवदेनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदनमा सहभागी न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले वर्ड फ्लुको भाइरस कोभिडभन्दा पनि धेरै विनाशकारी हुनसक्ने चेतावनी दिनुभएको छ । उहाँले विश्व समुदायले प्रकोप फैलिनुअघि रोक्न पर्याप्त मात्रामा प्रयास नगरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । प्रतिवेदनको नेतृत्व क्लार्क र लाइबेरियाका पूर्वराष्ट्रपति एलेन जोनसन सिरलिफले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology