गोरखा १८, चैत । भीमसेन थापा गाउँपालिका ७ स्थित ठाँटीबजारमा सार्वजनिक रुपमा सावुन पानीले हात धुने व्यवस्था भएको छ । वडा कार्यालयको पहलमा ठाँटी बजारको श्री सरस्वती माध्यामिक बिधालयको गेटमा पानीको धारा र सावुनको व्यवस्था गरी सार्वजनिक रुपमा हात धुने ठाउँको व्यवस्था गरिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
अत्याबश्यक कामका लागि घर बाहिर निस्केका नागरिकहरुलाई घर फर्कदा बाहिर नै हात धुने व्यवस्था भएपछि सजिलो भएको स्थानीयहरुले बताएका छन् । घरबाहिर नै सावुन पानीले हात धोएर जादाँ परिवारमा रोग सर्ने सम्भावना कम हुने भएकाले वडा कार्यालय यस्तो व्यवस्था गरेको उहाँले बताउनुभयो ।
बिश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण बढदै गएपछि गाउँभित्र यसको सम्भावित जोखिम न्युनीकरण सावुनपानीले हात धुने ठाउँको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।