Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

२११ औँ भानु जयन्तीको दिन ग्लोबल गोरखा समाजले वक्तृत्वकला प्रतियोगिता गर्ने


3.4K
Shares

२११ औँ भानु जयन्तीको दिन ग्लोबल गोरखा समाजले वक्तृत्वकला प्रतियोगिता गर्ने

काठमाण्डौँ, २ असार  । २११ औँ भानु जयन्तीको अवसरमा ग्लोबल गोरखा समाजले जिल्ला स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।

राष्ट्रिय विभूतिहरुको सम्झना र सम्मानका लागि आसन्न भानु जयन्तीका दिन उक्त कार्यक्रमको आयोजना गर्ने समाजका महासचिव तथा वक्तृत्वकला कार्यक्रम संयोजक विराट खनालले जानकारी दिनुभयो ।

आगामी अषाढ २९ गते भानु जयन्ती परेको छ । सो दिन समाजले ‘राष्ट्र निर्माणमा गोरखाको योगदान, विगतदेखि वर्तमान’ विषयक वक्तृत्वकला प्रतियोगिता गर्ने गरी तयारी सुरु गरिसकेको छ ।

प्रतियोगितामा गोरखाका ११ वटै पालिकाभित्रका विद्यार्थीहरु सहभागी हुनेछन् । जसमा प्रत्यक पालिकाका सामुदायिक विद्यालयबाट अन्तर मावि कक्षा १२ सम्मका दुईरदुई जना प्रतियोगी छनोट भई आउने महासचिव खनाल बताउनुहुन्छ ।

‘पालिकाबाट छनौट भई आउने २ जना प्रतियोगी मध्य एक जना छात्रा अनिवार्य हुनु पर्ने व्यबस्था गरेका छौँ । प्रतियोगी विद्यार्थी छनोटको मापदण्ड तथा जिम्मेवारी हामीले पालिकाको शिक्षा शाखालाई नै दिने गरि पत्रचार गर्ने तयारी गरेका छौँ’, खनालले भन्नुभयो ।

कार्यक्रम भानु जयन्ती आषाढ २९ गते बिहान ११ बजे देखि गोरखा सदरमुकामको होटल मिराकलमा सुरु हुनेछ । कार्यक्रम सफल पार्नका लागि समाजले एक समिती पनि गठन गरेको संस्थाका अध्यक्ष गोकर्ण ढकाल बताउनुभयो ।

उहाँका अनुसार यदु लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय समिती गठन गरिएको छ । जसको सदस्यमा विनोद पोखरेल, ईन्द्र राज भट्टराई, शरण श्रेष्ठ, सुरेश श्रेष्ठ रहेका छन् । प्रतियोगितामा सहभागी भई प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३५ हजार, तृतीयलाई २० हजार नगद तथा प्रमाण पत्र, मेडल तथा शिल्ड पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ ।

यस्तै, सान्त्वना पुरस्कार २ जनालाई दश हजार नगद रकम प्रमाण पत्र, मेडल तथा शिल्ड प्रदान गरिनेछ भने सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिनेछ । संस्थाले कार्यक्रममा सहभागी हुने सबैलाई यातायात खर्चको पनि व्यबस्था गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology