Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

फिस्लिङ दुर्घटना अपडेट : उपचारको क्रममा कार चालकको मृत्यु


2K
Shares

फिस्लिङ दुर्घटना अपडेट : उपचारको क्रममा कार चालकको मृत्यु

फिस्लिङ, ३२ जेठ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना ३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा कार चालक कास्कीको पोखरा महानगरपालिका वाड नम्बर ५ का ३५ वर्षीय समिर ओझाको मृत्यु भएको हो ।

नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे १ ख ४०६२ नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना परि १३ जना घाइते भएका थिए ।

प्रहरीका अनुसार दुर्घटनामा ३ जना गम्भीर घाइते भएका थिए । ५ जना मध्यम र एक जना समान्य रहेको छ । चार जना उपचार पश्चात घर फर्किएको प्रहरीले जनाएको छ । कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology