Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखा सदरमुकाममा रहेको बैदिक गुरुकुललाई गोरखा जेसिजको खाद्यान्न सहयोग


2.9K
Shares

गोरखा सदरमुकाममा रहेको बैदिक गुरुकुललाई गोरखा जेसिजको खाद्यान्न सहयोग

गोरखा,३१ जेठ । गोरखा जेसिज गोरखाले सदरमुकाममा रहेको बैदिक गुरुकललाई खाद्यान्न सहयोग गरेको छ । अन्तराष्ट्रिय बाल श्रम बिरुकाृ दिवश पारेर जेसिजले खाद्यान्न सहयोग उपलब्ध गराएको अध्यक्ष अश्विन ढुङ्गानाले जानकारी दिनुभयो ।

गोरखा नगरपालिका–६ को छहरेमा रहेको श्री गोरखनाथ बैदिक गुरुकुल आधारभूत बिद्यालयलाई चालम २ बोरा, आलु १ बोरा, दाल १० केजी, तेल १ प्याक र १५ केजी तरकारी वितरण गरिएको गोरखा जेसिजको सचिवालयले जनाएको छ ।

विभिन्न जिल्लाबाट आएका साना साना बटुकहरुले उक्त बिद्यालयमा निशुल्क अध्ययन गर्दै आएका छन् । विद्यालयमा संस्कृत अध्यापन गर्न आएका बटुकहरुलाई खानामा समस्या देखिएको भन्दै जेसिजले खाद्यान्न उपलब्ध गराएको हो ।

१८ हजार बरावरको उक्त सामाग्री बिद्यालयका अध्यक्ष बोदप्रसाद अधिकारीलाई जेसिजका पदाधिकारी तथा पूर्व अध्यक्षहरुले संयुत्त रुपमा हस्तान्रण गरेका थिए ।

कार्यक्रममा अध्यक्ष ढुङ्गाना, निवर्तमान अध्यक्ष पुश्कर गुरुङ, पूर्व अध्यक्ष द्वय प्रविन बस्नेत र शैलेन्द्र भट्ट सुमन गुरुङ तथा जेसिजका विभिन्न पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology