Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


1.4K
Shares

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौ, २८ जेठ । नेकपा माओवादी केन्द्रका सांसदले ‘फ्लोर क्रस’ गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।

सोमबार गण्डकी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे। मुख्यमन्त्री पाण्डेको विश्वासको मतको पक्षमा ३१ मत पर्‍यो भने विपक्षमा २८ मत पर्‍यो। ६० सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन ३१ सांसदको समर्थन चाहिन्छ।

नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दुई, स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङे र माओवादीका सांसद फणीन्द्र देवकोटाले मत दिए। देवकोटाले ‘फ्लोर क्रस’ गरेर मत दिएका हुन्।

उनी गत निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ९नेसपा०बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। त्यति वेला उनले माओवादीकै चुनाव चिह्नमा लडेका थिए। त्यसयता उनको गणना माओवादी सांसदकै रूपमा हुँदै आएको थियो।

माओवादीले मुख्यमन्त्री पाण्डेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेको थियो। निर्वाचन आयोगको तथ्यांकमा देवकोटा नेसपाका सांसदका रूपमा छन्। ह्वीप नमान्दा पनि कारबाही नहुने भएकाले उनले ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएका हुन्।

विश्वासको मतको प्रस्तावको विपक्षमा नेकपा एमालेका २२ र माओवादीका ६ सांसदले मत दिए।

सर्वोच्च अदालतले एमाले नेता खगराज अधिकारीले प्रदेश सभाबाट पाएको विश्वासको मत बदर गरेपछि पाण्डेको मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो। उनी जेठ १६ मा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। यस उपधारामा प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउने व्यवस्था छ।

यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ। विश्वासको मत पाएसँगै पाण्डे नेतृत्वको सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउन सहज भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology