Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

उत्तरी धार्चेमा पहिलो पटक वडा स्तरमा बजार अनुगमन, सचेत गराउनेदेखी सामान नष्ट गरिदै


1.4K
Shares

उत्तरी धार्चेमा पहिलो पटक वडा स्तरमा बजार अनुगमन, सचेत गराउनेदेखी सामान नष्ट गरिदै

गोरखा, २८ जेठ । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पहिलो पटक वडा स्तरमा नै गएर बजार अनुगमन गर्न थालिएको छ । ७ वटा वडा रहेको पालिकामा ५ वटा वडामा अनुगमनको काम सम्पन्न भएको पालिका उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो ।

‘यो भन्दा हामीले सदरमुकाम रहेको माछीखोलामा अनुगमन गरेका थियौ’ उहाँले भन्नुभयो ‘पहिलो पटक वडा स्तरमा नै पुगेर अनुगम थालेका छौ ।’ जेठ १८ गतेदेखी २४ गतेसम्म वडा नम्बर १, ३, ४, ५ र ७ को अनुगमन सकिएको उहाँले बताउनुभयो ।

वडा नम्बर २ र ६ को अनुगमन गर्न बाँकी रहेको पनि उहाँले जानकारी दिनुभयो । उपभोत्ता हित संरक्षण तथा बजार अनुगमन समितिका संयोजक समेत रहेका पालिका उपाध्यक्ष गुरुङले अनुगमनका क्रममा बालबालिकाले प्रयोग गर्ने चकलेट, केक, आइक्रिम, लडु तथा पेय पदार्थहरुको मिति गुज्रिएइको पाईएकोले नष्ट गरिएको जानकारी दिनुभयो ।

 

हुल्चुक, उहियाँ, लाप्राक, गुम्दा र लापुमा रहेका सबै पसल तथा होटलहरुमा समितिले अनुगमन गरेको थियो । अधिकांश सामान मिति गुज्रिएको पाइएपछी समितिले अबदेखी सामान खरिद तथा बिक्री गर्दा मिति हेरेर मात्र खरिद बिक्री गर्न सचेत गराएको पनि पालिका उपाध्यक्ष सुनिला गुरुङले बताउनुभयो ।

उहाँका अनुसार यो अनुगमनलाई चुनौती र अवशरका रुपमा हेर्दै डिलरबाट सिधै मिति गुज्रीएको सामान आएकोले समन्वय गरेर फिर्ता गर्ने शर्तमा ति सामान सिल गरेर सम्वन्धित ब्यापारीलाई नै छाडीएको र बाँकी सामान भने जलाएर नष्ट गरिएको छ ।

 

बजार अनुगमनका क्रममा सामानको मिति, खान योग्य छ वा छैन तथा कानूनी प्रकृया पुरा गरेको छ वा छैन भन्ने कुरा हेरीएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो ।

पहिलो पटक वडा स्तरमा पुगेर अनुगमन गरिएकोले ब्यापारीहरुलाई सचेत गराउने काम भएको पनि उहाँले बताउनुभयो । अनुगमनका क्रममा नेपाल प्रहरीका प्रतिनिधीका साथै स्वास्थ्य शाखाका प्रमुख अमृत घले र गोरखा उद्योग बाणिज्य संघको माछीखोला ईकाइका अध्यक्ष धनकुमार गुरुङ एवं सामाजिक शाखा प्रमुख धनकुमारी दुराको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology