Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाका दुई स्थानीय तहमा जाईकाकोे रोजगार मुलक कार्यक्रम


2K
Shares

गोरखाका दुई स्थानीय तहमा जाईकाकोे रोजगार मुलक कार्यक्रम

गोरखा २१ ,पुस ।  गोरखाका दुईवटा स्थानीय तहमा जापानी अन्तर्रा्ष्ट्रिय सहयोग नियोग जाइकाले जीविकोपार्जन सुधार सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ । जाइकाले जिल्लाको पालुङटार नगरपालिका र वारपाक सुलिकोट गाऊँपालिकामा रोजगारी सिर्जना गर्ने योजना बमोजिम कार्यक्रम सञ्चालन गर्न लागेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता एवम् वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख गोपाल अर्यालले जानकारी दिनुभयो ।

सहभागीतात्मक ग्रामीण पुनर्लाभ कार्यक्रम नाम दिइएको उक्त परियोजनाका कार्यान्वयनका लागि स्थानीयतहको छनोट भईसकेकाले अब कार्ययोजना बनाएर कार्यक्रम शुरु गर्ने प्रमुख गोपाल अर्यालको भनाई छ । गोरखाको कार्यक्रम सञ्चालनकाल लागि वारपाक सुलिकोट, अजिरकोट र शहिद लखन गाऊँपालिका तथा गोरखा र पालुङटार नगरपालिकाको अध्ययन गरेकामा विभिन्न सूचकका आधारमा पालुङटार नगरपालिका र वारपाक सुलिकोट गाऊँपालिकालाई छनोट गरिएको उहाँले बताउनुभयो ।

परियोजना सञ्चालनका लागि प्राधिकरण र जाइकाविच सम्झौता भैसकेको छ । पुननिर्माणपछि सामाजिक र आर्थिक पुनरुत्थानको काम गर्नै पर्ने भएकाले गोरखाका दुई स्थानीय तहमा नमुनाको रुपमा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको प्राधिकरण अन्तर्गतको अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईका प्रमुख रामशरण आचार्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology