Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

प्रधानमन्त्री दाहाल भारत प्रस्थान


1.4K
Shares

प्रधानमन्त्री दाहाल भारत प्रस्थान

काठमाडौ, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा सहभागी हुन नयाँ दिल्ली प्रस्थान गरेका छन्।

प्रधानमन्त्री दाहाल आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन्। उनलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतले बिदाइ गरेका छन् ।

दाहाल नेतृत्वको टोलीमा उहाँकी छोरी गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल लगायत उच्चपदस्थ सरकारी अधिकारी छन् ।

तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टी भाजपाका नेता मोदीले आइतबार साँझ शपथ लिने कार्यक्रम छ। शपथग्रहण समारोहपछि प्रधानमन्त्री दाहाल र मोदीबीच आज साँझ भेटवार्ता हुने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ। प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology