गोरखा, २६ जेठ । गोरखामा नाबालिका बलात्कार आरोपमा गोरखा प्रहरीले १ जना युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिराभवानी गाउँपालिका–५ घरभई गोरखा बस्ने २० बर्षका मुकेश पासवान भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं निमित्त सूचना अधिकारी उज्वलबहादुर सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार आरोपित पासवानले जेठ २२ गते मंगलबार १५ बर्षिया नाबालिका ‘ई कुमारी’ नाम परिवर्तनलाई जबरजस्ती करणी गरेको आरोप लागेको हो ।
पिडित नाबालिकका सुति रहेको कोठामा प्रवेश गरी समाती बोल्न कराउन समेत नदिई मुख थुनेर बलात्कार गरेको भन्ने पिडितको आफन्तको उजुरीको आधारमा प्रहरीले पासवानलाई पक्राउ गरेको हो ।
जेठ २३ गते बुधबार पक्राउ परेको पासवानलाई बिहीबार नै जबरजस्ती करणी शिर्षकमा मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालेको निमित्त सूचना अधिकारी सिंहले बताउनुभयो ।