Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

भोलि भारत भ्रमणमा जाँदै प्रधानमन्त्री प्रचण्ड, को को छन् टोलीमा ?


2.1K
Shares

भोलि भारत भ्रमणमा जाँदै प्रधानमन्त्री प्रचण्ड, को को छन् टोलीमा ?

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार बिहान भारत भ्रमणमा जाँदै छन् । यसैबीच उनीसँगै भ्रमणमा जाने टोलीको टुंगो लागेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा जाने निर्णय गर्दै टोलीको टुंगो लगाएको हो ।

प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री स्वकीय सचिव गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णु प्रसाद गौतम छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ तेस्रो कार्यकालका लागि शपथ ग्रहण लिने भएसँगै प्रधानमन्त्री दाहाल भारत जान लागेका हुन् । मोदीले प्रधानमन्त्री दाहाललाई शपथ ग्रहणमा सहभागी हुन निमन्त्रण गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology