Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

भारतीय प्रधानमन्त्री मोदीलाई विश्वभरका नेताको शुभकामना


2.2K
Shares

भारतीय प्रधानमन्त्री मोदीलाई विश्वभरका नेताको शुभकामना

एजेस्सी,२६ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावमा लगातार तेस्रो जित हासिल गरेपछि विश्वभरका नेताहरुले शुभकामना पठाएका छन् ।

नेपाल, माल्दिभ्स जस्ता छिमेकी राष्ट्रहरू र इजरायल, युक्रेन, इटाली र जमैकालगायतका नेताहरूले पनि प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका छन् ।

प्रधानमन्त्री मोदीलाई बधाई दिँदै, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे तथा श्रीलंकाका विपक्षी दलका नेता सजिथ प्रेमदासाले पनि प्रधानमन्त्रीलाई ऐतिहासिक जितको शुभकामना दिएका छन् । उनलाई श्रीलंकाका पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेले पनि शुभकामना व्यक्त गरेका छन्।

ताइवानका राष्ट्रपति लाइ चिङ्ते—ले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा चुनावमा लगातार तेस्रो जित हासिल गरेकोमा बधाई दिए र दुई राष्ट्रहरूबीचको सम्बन्ध विस्तार गर्न आतुर रहेको बताउनुभयो ।

यसबाहेक, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि संसदीय चुनावमा बीजेपी नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन विजयी भएर भारतको प्रधानमन्त्रीको रूपमा लगातार तेस्रो कार्यकालका लागि नरेन्द्र मोदीलाई बधाई दिनुभयाो ।

यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लोकसभा चुनावमा लगातार तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएकोमा शुभकामना व्यक्त गरेका छन् ।

इटालीका प्रधानमन्त्रीले प्रधानमन्त्री मोदीलाई आफ्नो बधाई सन्देशमा दुवै राष्ट्रले दुई राष्ट्रलाई बाँध्ने र जनताको हितका लागि हुने विभिन्न विषयमा सहकार्य गर्ने बताएका छन् ।

अन्य नेताहरूले पनि प्रधानमन्त्री मोदी र भाजपा नेतृत्वको एनडीए सरकारलाई लोकसभा चुनावमा लगातार तेस्रो जित हासिल गरेकोमा बधाई दिए । सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङले पनि बुधबार प्रधानमन्त्री मोदीलाई बधाई दिएका थिए ।

यसअघि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र मौरिसका प्रधानमन्त्री प्रविन्द जगन्नाथले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका थिए । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले पनि प्रधानमन्त्री मोदीलाई बधाई दिए र दुई देशको साझा समृद्धि र स्थिरताको खोजीमा ‘साझा हित’ लाई अगाडि बढाउन सँगै काम गर्न तत्पर रहेको बताउनुभयो । प्रधानमन्त्री मोदीले जमैकाका प्रधानमन्त्री एन्ड्रयु होलनेसलाई धन्यवाद दिँदै दुई देशका जनताको हितका लागि मिलेर काम गर्न तत्पर रहेको बताउनुभयो ।

यसबाहेका अमेरिकाका राष्ट्रपति जो बाइडेन, रसियाका राष्ट्रपति भ्यादिमिर पुटिन, चीनका राष्ट्रपति सी जिङपिङले पनि शुभकामना व्यक्त गरेका छन् ।

लोकसभा चुनावको मतगणना मंगलबार भएको थियो । भारतको निर्वाचन आयोगका अनुसार भाजपाले २४० सिट जितेको छ, जुन २०१९ को ३०३ सिटभन्दा निकै कम छ। यसैले पनि अहिले मोदीलाई नितिश कुमार र चन्द्रबाबु नाइडुसँग मिलेर गठबन्धनको सरकार बनाउनु पर्ने बाध्यता छ ।

अर्कोतर्फ कांग्रेसले ९९ सिट सहित विपक्षी गठबन्धनले २४० सिट जितेर बलियो आधार खडा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology