Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

उत्तरी गोरखाको धार्चेमा रहेको कालो भिरमा सुख्खा पहिरो, नेपाली सेनाले हटाउदै


1.2K
Shares

उत्तरी गोरखाको धार्चेमा रहेको कालो भिरमा सुख्खा पहिरो, नेपाली सेनाले हटाउदै

गोरखा, २४ जेठ । उत्तरी गोरखाको धार्चे क्षेत्रमा आज बिहान सुख्खा पहिरो गएको छ । पहिरोका कारण मनास्लु पद मार्ग पूर्ण रुपमा अबरुद्व भएको छ ।

धार्चे गाउँपालिका–१ को कालो भिर भन्ने स्थानमा बिहीबार बिहान ६ः३० बजे सुख्खा पहिरो गएको मनास्लु संरक्षण क्षेत्रका छ्याङ लामाले जानकारी दिनुभयो ।

अहिले उक्त क्षेत्रमा गएको पहिरो दोभानमा रहेको नेपाली सेनाको टोलीले अबलोकन गरेको र केही बेरमा नै मेशिन लगाएर हटाउने तयारी भईरहेको जानकारी प्राप्त भएको छ ।

पहिरोले ७ मिटर बाटो ओटेको छ । पहिरो ४० मिटर माथीबाट खसेको थियो । पहिरो लगत्तै उक्त क्षेत्रबाट आवत जावत गर्ने सवारी तथा सर्व साधारण रोकिएका छन् ।

दोभान क्षेत्रमा रहेको नेपाली सेनाको टोलीका अनुसार पहिरो हटाउन मेशिन त्यस तर्फ गएकोले अबको केही बेरमा नै सवारी आवत जावत तथा सर्व साधारणहरुलाई हिडढुल गर्न सहज हुने जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology