Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

कोरोनाको बाहानामा गोरखामा अबैध रुपमा सालको रुख नै ढालेर सडक अबरुद्ध (फोटो फिचर सहित)


9.2K
Shares

कोरोनाको बाहानामा गोरखामा अबैध रुपमा सालको रुख नै ढालेर सडक अबरुद्ध (फोटो फिचर सहित)

गोरखा १८, चैत । गोरखाको शहिद लखन गाउँपालिकामा लकडाउनका बेला आवाजजावत गरेको भन्दै केही युवाहरुले अबैध रुपमा सालको रुख ढालेर बाटो अबरुद्ध गरेका छन् । शहिद लखन गाउँपालिका प्रवेश गर्ने भीमसेन थापा गाउँपालिकाको सिमाना तथा शहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकाको सिमानमा पर्ने नाम्जुङ प्रवेश गर्ने स्थानमा केही स्थानीयहरुले अबैध रुपमा सालको रुख ढालेर सडक अबरुद्ध गरिएको हो ।

सडक छेउमा रहेको जंगलको सालको रुख उनीहरुले अनुमती बिना काटेका हुन् । यद्देपी जिल्ला बन कार्यालयको अनुमती बिना सालको रुढ काट्न नपाइने भएपनि उनीहरुले भने जथाभावी रुख काटेरबाटो अबरुद्ध गरेका छन् । रुख काटेर सडकमा तेस्र्याएर अबरुद्ध गरेको स्थानीयले बताएका छन् । कोरोना भाइरसको नियन्त्रणका लागि भन्दै फुजेल खोलाको रोडमा उनीहरुले सडक अबरुद्ध गरेका छन् ।

जथाभावी सडक अबरुद्ध भएपछि अत्याबश्यक सवारी साधन सञ्चालनमा समेत समस्या भएको एक स्थानीयले बताएका छन् । ‘जथाभावी सडक बन्द गर्नु राम्रो काम होइन, नागरीकहरुलाई सचेतना प्रदान गर्ने कुरा महत्वपूर्ण कुरा हो, जंगलको बिचमा सडकमा रुढ ढालेर अबरुद्ध गर्दा एम्बुलेन्स लगायतका अत्याबश्यक सवारी साधन चलाउनु प¥यो, उनले भने, ‘कसलाई बोलाएर तत्काल हटाउन लगाउने, यो राम्रो काम होइन । यता गाउँपालिका अध्यक्ष रमेशबाबु  थापामगरले जभाभावी सडक अबरुद्ध गर्ने काम गलत भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology