Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोनाका कारण भारतमा नेपाली भाषी महिलाको मृत्यु


3.6K
Shares

कोरोनाका कारण भारतमा नेपाली भाषी महिलाको मृत्यु

फोटो फाइल

काठमाण्डौ १८, चैत । भारत पश्चिम बंगालको सिलिगुडीस्थित नर्थ बंगाल मेडिकल कलेजमा भर्ना भएकी एक जना नेपाली भाषी महिलाको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

उनी कालिम्पोङ निवासी हुन् । ४४ बर्षिया ती महिला केही समय अघि भारतको चेन्नइ गएकी र फर्केर आए लगत्तै कोरोना भाइरस सङ्क्रमणका लक्षणहरु देखा परेपछि नर्थ बंगाल मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।

गत शनिबार प्राप्त उनको रिपोर्टमा कोरोना भाइरस कोभिड–१९ संक्रमण भएको उल्लेख गरिएको थियो । ती महिलाको मृत्यु भएपछि उनको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राख्ने प्रयास भइरहेको भारतीय सञ्चार माध्यम द हिन्दुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology