Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाका परियारको मृत्त शरिर बालुवाटार स्थित बुढीगण्डकी नदीमा फेला


2.2K
Shares

गोरखाका परियारको मृत्त शरिर बालुवाटार स्थित बुढीगण्डकी नदीमा फेला

गोरखा, २२ जेठ । गोरखा आरुचनौटेका बुद्विबहादुर परियारको मृत्त शरिर बुढीगण्डकी नदी किनारमा फेला परेको छ । आरुघाट गाउँपालिका–९ आरुचनौटेका ५९ बर्षिय परियार मृत्त शरिर नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार परियारको शव भिमसेन थापा गाउँपालिका–४ धावाको बालुवाटार स्थित गोरखा तर्फको बुढीगण्डकी नदी किनारमा फेला परेको हो ।

गएको जेठ २० गते आईतबार दिउसो १ बजे घरमा कोही कसैलाई पनि जानकारी नदिई बाहिर निस्किएका परियार नफर्किए पछि खोजीका लागि आफन्तले प्रहरीमा खबर गरेका थिए ।

परियारका आफन्त र प्रहरी तथा स्थानियले खोजी गर्दा उनी मृत्त अवस्थामा नदी किनारमा तैरिरहेको अवस्थामा फेला परेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology