गोरखा,१६ जेठ । होटलमा बसेकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले गोरखाका १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने गोरखा जिल्ला सिरानचोक गाउँपालिका–३ हर्मी घर भएका २१ बर्षिय बिवश सापकोटा भएको पुष्टी गरेको छ ।
पक्राउ परेका सापकोटाले भरतपुर महानगरपालिका–१ को स्वस्तिका होटल एण्ड लजमा बसेकी ३३ बर्षिया महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको हो ।
प्रहरीका अनुसार सापकोटा ति महिला एक्लै भएको बेला कोठामा प्रवेशगरी जबरजस्ती करणी गरेका थिए । पिडितको उजुरी लगत्तै सापकोटालाई वडा प्रहरी कार्यालय नारायणगढको टोलीले पक्राउ गरेको चितवन प्रहरीले जानकारी दिएको छ ।
घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेका जनाएको छ ।