Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद भिड्दै


1.5K
Shares

उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद भिड्दै

काठमाडौ, १३ जेठ ।  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद भिड्दैछन् ।

आईपीएल क्रिकेटको १७औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ ।

गत मङ्गलवार भएको पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगेको थियो। शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै कोलकातासँगको भेट पक्का गरेको थियो ।

कोलकता आईपीएल क्रिकेटको दुई पटकको विजेता टोली हो। उसले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो। त्यस्तै हैदराबादले यसअघि एक पटक उपाधि जितेको छ। उसले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो ।

हैदरावाद र कोलकाताको हेड टु हेड अहिलेसम्म कोलकाता अगाडि छ। पाँच प्रतिस्पर्धामा हैदरावादले एउटा मात्र जित निकालेको छ। यो सिजनमा भएका दुई भेटमा कोलकाता विजयी भएको छ। समूह चरणको भएको खेलमा कोलकाता ४ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले विजयी भएयो ।

यसअघि २०२३ मा भएको खेलमा कोलकाता ५ रनले विजयी भएको थियो भने एक खेलमा हैदरावाद २३ रनले विजयी भएको छ। २०२२ मा भएको एक प्रतिस्पर्धामा कोलकाता ५४ रनले विजयी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology