काठमाडौं, १२ जेठ । चीनले माल्दिभ्सलाई तिब्बती हिमनदीहरूबाट १५ सय टन पानी उपहार दिएको छ । माल्दिभ्स चारैतिर समुन्द्रले घेरिएको भए पनि त्यहाँ पिउने पानीको अभाव छ ।
त्यसैले माल्दिभ्सका लागि चीनको पानी उपहार विशेष मानिएको छ । माल्दिभ्स सरकारले यसका लागि चीन सरकारलाई धन्यवाद दिएको छ । यसअघि मार्च २७ मा चीनले १५ हजार टन पानीको पहिलो खेप माल्दिभ्स पठाएको थियो ।
यस्तै, चीनले माल्दिभ्समा मौसम अनुगमन प्रणालीलाई सुदृढ गर्न पनि सहयोग गरिरहेको छ । माल्दिभ्स जलवायु परिवर्तनको मारमा परेको छ र यसको कारण समुद्रको सतह द्रुत रूपमा बढिरहेको छ ।